April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ओली–प्रचण्डबीच आज पनि छलफल हुने

ओली–प्रचण्डबीच आज पनि छलफल हुने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ।

९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो। हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका लागि महाधिवेशनमा जाने प्रस्ताव अध्यक्ष ओलीले राखेका थिए। 

Advertisement

जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्ने र त्यसपछि एकल अध्यक्षका रुपमा पार्टीको नेतृत्व प्रचण्डले गर्ने तथा सरकारको नेतृत्व ओलीले गर्ने प्रस्तावमा हिजो छलफल भएको थियो।

पार्टीका दोस्रो तहका नेताहरुले तय गरेको सहमतिको रुपरेखामा अध्यक्षद्वयबीच हिजो सकारात्मक छलफल भएपछि आज थप छलफल हुन लागेको हो ।