May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुपाल्चोक पहिरो अपडेटः ३५ बढी बेपत्ता, २७ घर पुरिए

सिन्धुपाल्चोक पहिरो अपडेटः ३५ बढी बेपत्ता, २७ घर पुरिए

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा गएको पहिरोले २७ घर पुरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा ३५ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् ।

प्रहरीले भने एकीन तथ्यांक सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको बताए ।

Advertisement

स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा ३५ बढी बेपत्ता भएको र २७ घर पुरिएको जानकारी दिए । पुरिएका घरमध्ये २२ घर पूर्ण रुपमा क्षति पुगेको बाँकी ५ घरमा आंशिक क्षति पुगेको दोङले बताए ।

१५ जना घाइतेहरु लप्सेचौरमा निस्किएको उनले जानकारी दिए । पहिरोबाट थप ३० घर प्रभावित भएको जानकारी दिँदै उनले माथिबाट पहिरो झरिरहेको र तरबाट पनि बगिरहेकोले उद्धारमा कठिनाइ भइरहेको बताए ।

गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएका थिए ।