May 15, 2026, Friday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।

दुई जना नर्स, एक चिकित्सक र एटेन्डेन्स लाई कोरोना पुष्टि भएको त्रिवि शिक्षण अस्पतालका कोरोना संयोजक डा सन्त कुमार दासले जानकारी दिए।  

Advertisement

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।

इमर्जेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालले जनाएको छ। उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ।  

उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् भने  संक्रमित स्वास्थ्यकर्मीहरु हाल अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

हाल त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी विभाग बन्द छ।