May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोराना सङ्क्रमित बढेपछि भरतपुर महानगरमा एकहप्ता लकडाउन

कोराना सङ्क्रमित बढेपछि भरतपुर महानगरमा एकहप्ता लकडाउन

चितवन – भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि  महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण,  उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

महानगरभित्र कोरोना  तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उनले दिनइन् । अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ”, उनले भनिन्, “जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ ।” महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उनले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताए ।

Advertisement

राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदैछ ।