May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक – जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् ।

पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

Advertisement

घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।