March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

काठमाडौँ – महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ ।

सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ । बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली अपनाइएको हो । पूर्वसूचना प्रणालीको यो माध्यमले सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गरेको छ । खासगरी बर्खायाममा पानी कति बढ्यो र घट्यो भनेर हेरिन्छ । पानिको सतह बढे पूर्वसूचनाका आधारमा उचित व्यवस्थापन गर्न र सचेत रहन मद्दत पुग्छ । सोमबार मात्रै महाकाली नदीमा पानीको सतह निकै बढेको थियो ।

Advertisement

पानीको सतह खतरासम्म पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइन्छ । साइरन बजाएरसमेत सचेत गराइने गरेको छ । परशुरामको गेजले कञ्चनपुरको भुजेलासम्मका बासिन्दालाई सचेत रहन मद्दत पुग्छ । स्थानीयवासी स्वयंले पनि यसबाट जानकारी लिन सक्छन् । यसले बाढीबाट हुने सम्भावित जोखिमको क्षति कम गर्न सहयोग गरेको छ । मेसिन चार्जका लागि सोलार पाता जडान गरिएको छ ।

यस क्षेत्रमा सञ्चालनमा आउने नेटवर्कमा नेपाल टेलिकम र एनसेलको सिम कार्ड राखिएका छन् । जल तथा मौसम विज्ञान विभागको अनलाइनमार्फत जानकारी लिन सकिन्छ । नेटवर्कले काम नगरेका खण्डमा स्थानीयवासीलाई पनि खटाउने गरिएको छ । महाकाल किनारमा पानीको सतह नाप्ने गरी संरचना बनाइएका छन् । यसका आधारमा रिपोर्टिङ गरिने गेज रिडर डम्बरदत्त जोशीले बताउनुभयो । अन्य समयमा दैनिक चार पटक रिपोर्टिङ गर्नुपर्ने हुन्छ ।

उहाँले भन्नुभयो, “वर्षात्को समयमा भने पूरै दिन गेजमै बस्नुपर्ने हुन्छ । कुन बेला पानीको सतह बढ्छ भन्ने पत्तो नहुने भएकाले दिनभरि नै गेजमा बसी जानकारी दिनुपर्ने उहाँले बताउनुभयो । यस्तो प्रविधि नेपालका ठूला नदीमा जडान गरिएको छ ।

यो पूर्वसूचना प्रणालीको एक माध्यम हो । नदीमा पानीको सतह कम भएका बेला हिउँदमा नदीमा पानीको सतह मापन गरी पाइप जडान गरिन्छ ।