May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मध्यपुरथिमि लकडाउन

मध्यपुरथिमि लकडाउन

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ ।

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । पसल, व्यवसाय ठप्प भएको छ ।

Advertisement

अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिएको छ । लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनले मानिस चढाउन र ओराल्न समेत दिएको छैन ।

अरनिको राजमार्गमा कुनै पनि सवारीसाधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउन गरिएको जानकारी दिँदै प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक जानकारी दिनुभयो ।

नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरियामैत्री नगरपालिका अस्पतालसमेत सिल गरेपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा रोकिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल शनिबार सिल गरिएको थियो ।

आजबाट नै आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।