May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ओली-देउवा भेटवार्ता: संवैधानिक नियुक्तिबारे छलफल

ओली-देउवा भेटवार्ता: संवैधानिक नियुक्तिबारे छलफल

काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ।

सोमवार बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागी छलफलमा ओलीले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि छलफल गर्नुपर्ने बताएका थिए।

Advertisement

‘प्रधानमन्त्रीले संवैधानिक आयोगमा रिक्त पदाधिकारीका विषयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। त्यसका लागि हामी तयार छौं भन्यौ, लेखकले भने,’ संवैधानिक नियुक्तीका लागि छलफल गर्नुपर्ने छ भन्ने छलफल मात्रै भयो।’

विभिन्न संवैधानिक आयोगमा ३९ पदाधिकारी रिक्त छन्।

त्यस्तै छलफलमा कोभिड-१९ ले देश भयावह बन्दा पनि सरकारले काम गर्न नसकेको भन्दै देउवाले ध्यानाकर्षण गराएका छन्।

‘कोभिड-१९ ले देशभर भयावह स्थिति बनाएको छ। यसविषयमा सरकारले जति काम गर्नुपर्ने हो गर्न सकेन भनेर ध्यानाकर्षण गर्यौं, लेखकले भने।

त्यस्तै कांग्रेसले सिन्धुपाल्चोक जुगल गाउँपालिका लिदीमा गएको पहिरो लगायका विषयमा ओलीको ध्यानाकर्षण गराएको छ।