May 15, 2026, Friday
२०८३ जेष्ठ २, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको  छ। पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको सोमबार राति ११ः३५ मा आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कास्की सेवा अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालका निर्देशक डा पदमबहादुर खड्काका अनुसार संक्रमित महिलामा हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या थियो।

Advertisement

गण्डकी प्रदेशकी जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीका अनुसार सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।