May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिपिएल आजदेखि सुरु, सन्दीप भोली खेल्दै

सिपिएल आजदेखि सुरु, सन्दीप भोली खेल्दै

काठमाडौं – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि सुरु हुँदैछ।

ट्रिनिडाड एण्ड टोबागोमा मंगलबार राति ७ः४५ बजेदेखि सिपिएल सुरु हुनेछ।  सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नेछन्। उनी सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ। सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपले बताएका छन्।

Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन्। सन्दीप सिपिएल खेल्न गत साउन १५ मा ट्रिनिडाड एन्ड टोबागो गएका हुन्।

नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका छन्।