May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

भदौ २, आधुनिक चिकित्सा विज्ञानले कोरोना भाइरसको औषधि खोप पत्ता नलगाईसकेको अवस्थामा प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्साबाट पनि यो रोग निवारण र रोकथाममा गर्ने उपाय अपनाउन थालिएको छ ।

युरोपका केही मुलुकमा गरिएको अध्ययनले प्राकृतिक चिकित्साको जलनेती विधि कोरोना संक्रमणबाट बच्न प्रभावकारी देखिएको छ ।

Advertisement

युरोपमा बेलायती चिकित्सकले गरेको अनुसन्धानमा जलनेतीको र नुनपानीको गलाला ९गार्गलिङ० गर्दा कोरोना भाइरसले सताउने समय आधा कम भएको अनुसन्धानमा उल्लेख छ ।

के हो जलनेती ?

जलनेती योग विज्ञानमा माथिल्लो श्वास मार्ग सफा गर्नका लागि विकसित गराइएको प्राचीन शोधन पद्धति हो । यस पद्धतिमा हल्का मनतातो पानी एउटा नाकको प्वालबाट पठाएर अर्को नाकको प्वालबाट निकालेर पूरै श्वासमार्गलाई पखाल्ने गरिन्छ ।

शरीरमा भाइरसको संक्रमण हुन नदिन वा शरीरभित्र प्रवेश गरिसकेपछि पनि हानी गर्न नदिन रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुपर्छ ।

सरसफाईमा बिशेष ध्यान दिने ,मासमासु कम खाने ,दैनिक व्यायाम गर्ने बाहिर हिड्दा अनिवार्य मास्क प्रयोग गरौ संक्रमणबाट बचौ ।