April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आजको दिन : भदाै ३ गते, बुधबार

आजको दिन : भदाै ३ गते, बुधबार

वि.सं.२०७७ साल भाद्र ०३ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–औशी,०६ घडी २३ पला,बिहान ०८ बजेर ०४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मघा,५६ घडी ०३ पला,रातको ०३ बजेर ५६ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–परिध,४५ घडी २८ पला,बेलुकी ११ बजेर ४२ मिनेट उप्रान्त शिब । करण–नाग,बिहान ०८ बजेर ०४ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेट । दिनमान ३२ घडी २८ पला । बुबाको मुख हेर्ने दिन । कुशेऔंशी । मोतिराम जयन्ती । हलो बार्ने । निशि बार्ने ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्निबीच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

Advertisement

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उद्योग तथा व्यापारमा लगानी गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने छ । पढाइ लेखाइमा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । समय र स्थानको ख्याल नगरि बोल्नाले दुख पाईने ग्रहयोग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यावसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यातित हुनेछ । बन्द व्यापारमा मन्दि आउनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । साथीभाइ तथा छिमेकमा असमज्दारी बढ्नेछ । धार्मिक क्षत्रतिरको यात्रामा मन जानेछ । माया प्रेममा अविश्वास बढ्ने तथा जीवनसाथीसँग मनमुटाब बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाढिन सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यावसाय अगाल्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागि हुने व्यापार व्यावसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।