April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अछाममा खोलाले बस्ती बगायो, चारजनाको मृत्यु, १७ बेपत्ता

अछाममा खोलाले बस्ती बगायो, चारजनाको मृत्यु, १७ बेपत्ता

काठमाडौं – अछामको रामारोशन–३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १७ जना भन्दा बढी बेपत्ता भएका छन्।

घटनामा चार जना शव भेटियो भेटिएको छ। मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा  १७ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएकाे गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले जनाए। 

Advertisement

नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको अध्यक्ष साउदको भनाइ छ।  घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जनाकारी दिए।