May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुवेतले आप्रवासी श्रमिकको भिसा नवीकरण म्याद अगष्ट ३१ भन्दा पछि नबढाउने

कुवेतले आप्रवासी श्रमिकको भिसा नवीकरण म्याद अगष्ट ३१ भन्दा पछि नबढाउने

भदाै ३, कुवेतले भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसाको म्याद अगष्ट ३१ भन्दा पछि नबढाउने बताएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले यसअघि कोरोना महामारीका कारण भिसाको म्याद थप गरे पनि अब भने अगष्ट ३१ पछि नथप्ने बताएको खबर गल्फ न्युजले लेखेको छ । यसअघि कुवेतले भिसाको म्याद सकिएको आप्रवासीको भिसा अवधि स्वतः नवीकरण गरेको थियो । तर त्यो समय अगष्ट ३१ देखि सकिंदैछ ।

Advertisement

यो निर्णयबाट ४ लाख ५ हजार आप्रवासी श्रमिकले फाइदा लिएका कुवेतले जनाएको छ । यस्तै झण्डै २ लाख ६० हजार श्रमिकले आन्तरिक मन्त्रालयको वेवसाइटबाट भिसा नवीकरण गरेका छन् । तर पनि झण्डै १ लाख ४५ हजार आप्रवासी श्रमिकले यस अवसरको फाइदा नउठाएको कुवेतको अनुमान छ ।

उनीहरुलाई आन्तरिक मन्त्रालयको वेवसाइटबाट जतिसक्दो छिटो भिसा नवीकरणका लागि निवेदन दिन अनुरोध गरिएको छ । भिसा नवीकरण नगरेमा उनीहरु बसोबासको नियम उल्लङ्घन गर्नेमा गनिने र कानुनी झन्झटसँगै जरिवाना समेत हुनेछ ।

भिजिट भिसामा, पारिवारिक भिसा लगायतका भिसामा कुवेत गएकाहरु पनि अगष्ट ३१ सम्ममा आफ्नो देश फर्कन सक्ने र यो अवधिमा फर्कंदा कुनै जरिवाना नलाग्ने कुवेतले जनाएको छ ।

तर यो अवधिमा स्वदेश नफर्किएमा उनीहरुलाई जरिवाना हुनेछ भने कुवेतले कालोसूचीमा राख्नेछ । कालोसूचीमा परेकाहरु फेरि कुवेत जान पाउने छैनन् ।