April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुनसान काठमाडौँ उपत्यका

सुनसान काठमाडौँ उपत्यका

काठमाडौँ – काठमाडौँ उपत्यका बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि  सुनसान भएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो ।

Advertisement

भदौ १० गतेसम्म जारी गरिएको निषेध आदेश कार्यान्वयनका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । अत्यावश्यक कामका लागि पाससहित हिडेका सवारीसाधन र मानिसहरूलाई समेत सुरक्षाकर्मीले सोधपुछपछि मात्रै छाडिरहेका छन् ।

निषेध आदेशको यो एक साताको अवधिमा अत्यावश्यक सेवा सञ्चालनमा भने रोक लगाइएको छैन ।

‘अत्यावश्यक सामग्रीका पसल निश्चित समयसम्म मात्र खुला गर्न दिदा भीडभाड बढ्ने ठानेर हामीले पूरै समय खोल्न दिनका लागि स्थानीय तहहरूलाई आग्रह गरेका छौँ, किराना पसल, पानी, औषधि पसल लगायतका पसलमा सुरक्षाकर्मीको अवरोध हुँदैन,’ पौडेलले भने ।

तर, औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिद तथा अरू जरूरी कामको औचित्य पुष्टि नभइ बाहिर निस्किए कारबाही हुने तीनबटै जिल्लाका स्थानीय प्रशासनले चेतावनी दिएका छन् ।