May 9, 2026, Saturday
२०८३ बैशाख २६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गरिने

‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गरिने

भदाै ४, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

अनेसास बाेर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीकाे अध्यक्षतामा अगस्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यकाे काव्य विधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी याे पुरस्कारको स्थापना तथा घोषणा गरेको हो । 

Advertisement

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे जन्मजयन्तीका अवसरमा प्रदान गरिने यो पुरस्कारको राशि दुई हजार अमेरिकी डलर रहेको अनेसास बाेर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ ले जानकारी दिनुभयो । 

यो पुरस्कारकाे सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ ।

यो काव्य पुरस्कार पहिलो पटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ ।