May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

मालीकाे सत्ता सेनाकाे हातमा, ‘नागरिक सरकार’ गठन गर्ने तयारी

पश्चिम अफ्रिकी देश मालीकाे सत्ता त्यहाँकाे सेनाले हातमा लिएकाे छ । उक्त सत्तापलटको प्रयासकाे अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भएकाे छ, जसमा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ ।

मालीका सैनिकहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटालाइ नियन्त्रणमा लिएका थिए । त्यसकाे केही घन्टापछि नै केयटाले राजीनामा दिएको घोषणा गरेका थिए ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको बिबिसीले जनाएकाे छ । उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ ।

तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताउँदै  ‘नागरिक सरकार’ गठन गर्ने तयारी थालेकाे बताएका छन् । साथै उनीहरूले नयाँ चुनाव गराउने जनाएका छन् ।

उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्‍यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेका छन् ।

अफ्रिकी सङ्घले यसअघि नै मालीलाइ संघकाे सदस्यबाट निलम्बन गरिसकेको छ भने अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन् । त्यहाँ बारम्बार सत्तापलटकाे खेल हुँदै आएकाे बताइन्छ ।