April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

भदाै ४, नयाँदिल्ली : क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् ।

दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै लेखेका छन्, ‘नयाँ भारत जहाँ परिवारको नामले उसको भाग्य बनाउँदैन ।’ मोदीले धोनीलाई महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपरमध्ये एक रहेको टिप्पणी गरेका छन् ।

Advertisement

धोनीको नाममा एक लामो पत्र लेख्दै मोदीले ट्वीटरमार्फत बिहीबार सार्वजनिक गरेका थिए । धोनीले भने मोदीको प्रशंसाका लागि धन्यवाद भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिए । धोनी भारतीय क्रिकेटका एक सफल क्याप्टेन साथै अब्बल खेलाडी मानिन्छन् । उनकै नेतृत्वमा भारतीय टोलीले २००७ को टी–ट्वान्टी वल्र्डकप, २०१० र २०१६ को एसियाकप, २०११ के वल्र्डकप र २०१३ को च्याम्पियन्स ट्रफी जित्न सफल भएको थियो ।

गत साता धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका थिए । तर उनको अवकाशबाट थुप्रै खेलप्रेमीहरु निराश बने । ‘१ अर्ब ३० करोड भारतीयहरु निराश भए, तर तपाईँले भारतीय क्रिकेटका लागि पछिल्लो डेढ दशकमा जे गर्नुभयो त्यसका लागि आभारी पनि छन्,’ मोदीले धोनीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।

धेनीलाई सर्वाधिक सफल क्याप्टेन भएको प्रतिक्रिया पनि मोदीले दिएका छन् । धोनीको खेल कौशलको प्रशंसा गर्दै उनले २०११ को विश्वकपमा देखाएको अब्बल प्रस्तुती सदैव सम्झिरहने मोदीको भनाइ थियो । यसवाहेक धोनी भारतीय सेनाको गस्ती टोलीसँग मिलेर सीमाक्षेत्रमा पुगेको घटनालाई पनि मोदीले प्रशंसा गरे । साथै लामो पत्रमार्फत मोदीले धोनीको भविष्यको लागि शुभकामना समेत दिएका छन् ।