May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सञ्चारकर्मी सुवेदी र  अभिनेत्री शर्माबीच सहमति

सञ्चारकर्मी सुवेदी र अभिनेत्री शर्माबीच सहमति

भदौ ४,अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एक टेलिभिजन कार्यक्रम ‘रजतपट’मार्फत् सञ्चारकर्मी सुवेदीले अभिनेत्री शर्मालाई लक्षित गरी बोलेका अपशब्दको विषयमा जारी विवादबारे मिलापत्र गरेका हुन् ।

सञ्चारकर्मी प्रकाशले सञ्चालन गर्दै आएका कार्यक्रमबारे विगतमा भएका असहमति, उजुरीलगायतलाई दुवै पक्षबीच अन्त्य गर्ने सहमति भएको जानकारी गराइएको हो ।

Advertisement

अभिनेत्री पूजा र सञ्चारकर्मी सुवेदीबीचको मिलापत्रमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका अध्यक्ष जनक कार्कीलगायतले पनि हस्ताक्षर गरेका छन् ।

मिलापत्रमा सञ्चारकर्मी सुवेदीले सञ्चालन गर्दै आएका कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानून र पेशागत आचार संहिताको पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

सञ्चारकर्मी सुवेदीले अभिनेत्री शर्मालाई लक्षित गरी ‘दाह्रा भएको नायिका’ भनेपछि यस विवाद उत्कर्षमा पुगेको थियो । साथै अभिनेत्री शर्माले आफ्नो मानहानी भएको भन्दै चलचित्रसम्बद्ध विभिन्न संघ संस्थानमा उजुरी समेत दिएकी थिइन् ।