May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधानमन्त्रीले दिए  तीजको शुभकामना,ताेकिएकाे सीमाभित्र रहेर मनाउन आग्रह

प्रधानमन्त्रीले दिए तीजको शुभकामना,ताेकिएकाे सीमाभित्र रहेर मनाउन आग्रह

भदाै ५, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै तीज मनाउन आग्रह गर्नुभएको छ ।

ट्विटरमार्फत तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ताेकिएकाे सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गर्नुभएको छ ।

Advertisement

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’