May 9, 2024, Thursday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

Advertisement

उनीहरुमाथि ‘वी विल्ड द वाल’ अभियान अन्तर्गत सङ्कलन भएको रकम अनियमित गरेको आरोप लागेको खबरमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले समेत निकै महत्व दिनुभएको पर्खाल लगाउने योजनाका लागि वी विल्ड द वाल अभियानले २५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ ।

सङ्कलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र त्यो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप लागेको बीबीसीले जनाएको छ । ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल दर्ता गर्नुभएको पनि खबरमा उल्लेख छ ।