May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

उपत्यका आउंदै गरेका ट्रक चालक अलपत्रमा

भदाै ५, उपत्यकामा निषेधाज्ञा जारी गरे संगै ट्रक चालक धादिङको नौविसे अलपत्रमा परेका छन् । काठमाडाँै भक्तपुर, ललितपुर, जिल्लाले बुधवार बेलुका १२ वजे देखी भाद्र १० गते वेलुका १२ वजे सम्म निषेधाज्ञा जारी गरे पछि उनीहरु नैविसेका नै अलपत्र परेका हुन् ।
अत्यावश्यक वस्तु वाहेक निमार्ण सामाग्री, लत्ता कपडा लगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोक पछि ट्रक चालक अलपत्रमा परेका हुन ।

नौविसे नागढुङ्गा अन्र्तगत त्रिभुवन राजपथको सडक दायाँ वाँयामा रहेका ३ सय भन्दा बढी ट्रक पार्किङ्ग गरेर बसेका छन् । मिडियामा मार्फत निषेत्राज्ञाको सुचना जारी गरे पनि थाहा आफुहरुले थाहा नपाएको र सोही कारण दुख पाएको चालकहरुले बताए ।

Advertisement

लामो समय लकडाउनको कारण घरमै बसेका वलराम चौधरी केही खुकुलो हुन थाले पछि ट्रक चलाउन थाले । थालेको केही समय ट्रक संचालन हुने भ्रमले उनी भैरवा देखी छड लोड गरे । लोड गरेको राता रात उनी काठमाडौ अनलोड गर्न आए उपत्यकामा निषेधाज्ञाका कारण उनी नागढुङ्गा नाकाबाट फर्किए ।

नागढुङ्गा नाका प्रवेश गर्न उनी दुई पटक प्रयास गरे तर पाएनन् । सीमित खर्च लिएर हिडेको उनलाई २, ३ दिनलाई खर्च भए पनि अरु दिन भोकै वस्नु पर्ने हो कि भन्ने चिन्ता छ । सुचनाको अभावले अप्ठारोमा परे उनी भन्छन् ।

उनी मात्र होइन काठमाडाैँ छिर्न नपाएका अरु चालकको पनि त्यस्तै अवस्था छ । आफ्नो जहो गरेर हिडेका चालक कोही तरकारी खरिद गर्न हिडेका थिए भने कोही सवारी भित्रै खाना पकाउन व्यस्त देखिन्थे तर जोह नहुनेहरु चाउचाउ चिउरा पानी खादै भोको पेट मार्दै थिए ।

निषेधाज्ञाको कारण अलपत्र परेका माल वाहक सवारीलाई सहज बनाउन कुरा भइरहेको थानकोट वृत्तका प्रमुख नायव प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले वताए । काठमाडौँ आउन धेरै लामो दुरीबाट आउदा तालुक निकायले रोके यस्तो समस्या नहुने र निषेधाज्ञाको समय अत्यावश्यक वस्तु भन्दा अन्य सामाग्री ढुवानी नगर्न समेत आग्रह गरेका छन् ।