May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

भदाै ५, चीनको राजधानी बेइजिङका बासिन्दाले अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले हिजो बिहीबारदेखि घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने चाइना डेलीले जनाएको छ ।

चाइना डेलीका अनुसार अर्को व्यक्तिसँग नजिकै जानुपर्दा भने मस्क लगाउनुपर्ने छ । गत आइतबार जारी गरेकाे रोग रोकथाम र नियन्त्रणको बीजिंग केन्द्रले बिहीबारदेखि नयाँ नियम लागू गरेको हो । बीजिंग केन्द्रले भनेकाे छ- ‘ व्यक्तिले बाहिर निस्कँदा मास्क लगाउनु अनिवार्य छैन, तर अझै अरुसँग घनिष्ट सम्पर्कबाट टाढा रहनु पर्छ।’

Advertisement

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ । केही दिनअघि मात्रै हुबेईको वुहानमा एउटा स्विमिङ पुलमा भएको पार्टीमा सयौं मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो ।

नयाँ नियमअनुसार बेइजिङमा अरु मानिससँग एकदमै नजिक  (क्लोज कन्ट्याक्ट) मा जानुपर्ने भए मात्रै मास्क लगाउनुपर्ने छ । बालबालिकालाई भने अभिभावकको निगरानीमा लिएर हिँड्नुपर्नेछ । सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ ।