May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

भदाै ५, टिकट काटिसकेका यात्रु लिन नेपाल एअरलाइन्सले दुबईको लागि दुई वटा उडान गर्ने भएको छ ।

आइतबार निगमका दुई वटा जहाज दुबई जाने एअरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ ।

Advertisement

गएको मङ्गलबार नेपाली लिन दुबई गएको नेपाल एअरलाइन्सको जहाजलाई क्वरेण्टीन नभएको भन्दै रित्तै काठमाण्डौ फर्काएपछि चौतर्फी आलोचना भएको थियो । नेपाल फर्कन विमानस्थल पुगेका नेपाली निराश हुँदै घर फर्किएका थिए ।

तर कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय उल्टाउँदै बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्धार उडान फेरि सुरु गर्ने निर्णय गरिसकेको छ । यसको लागि होटल क्वरेण्टीनको समेत सूची सार्वजनिक भएको छ ।