May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

भदाै ५, कालीकोट – छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।

Advertisement

कालीकोटमा अहिलेसम्म ७४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ६६ जना डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयाे । अहिले आठ जना जिल्लाका विभिन्न आइसोलेशनमा रहेका छन् ।