May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्पेनमा फेरी बढ्यो कोरोना संक्रमण दर

स्पेनमा फेरी बढ्यो कोरोना संक्रमण दर

भदौ ५, यूरोपमा सबै भन्दा धेरै कडाईका साथ स्पेनमा लकडाउन लागू गरिएको थियो । तर, लकडाउन हटाइएको दुई महिनापछि यूरोपको अन्य देशको तुलनामा स्पेनमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।

जब जुनको २१ तारिखबाट स्पेनमा कोरोना इमर्जेन्सी हटाइयो, त्यतिबेला स्पेनमा दैनिक एक सय देखि ढेड सयसम्म संक्रमितहरु फेला पर्थे । तर, हाल आएर उक्त संख्या बढेर दैनिक तीन हजार बढी पुगेको छ ।

Advertisement

तर, कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्यामा भने केही कम भएको जनाइएको छ । विहीबार मात्रै स्पेनमा १२२ जना संक्रमितहरुको मृत्यु भएको छ । जबकि, २ अप्रिलमा सबै भन्दा बढी (एकै दिनमा) ९५० जना संक्रमितहरुको मृत्यु भएको थियो । मर्नेहरुको उक्त संख्या हालसम्मकै सबै भन्दा बढी भएको जानकारी गराइएको छ ।

पछिल्लो समय स्पेनमा सबै भन्दा धेरै युवाहरुमा कोरोना संक्रमण फैलिरहेको छ । संक्रमितहरुमध्ये ७५ प्रतिशतमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको जनाइएको छ ।

त्यहाँको सरकार अनुसार संक्रमितहरुमध्ये करिब तीन प्रतिशतलाई मात्र अस्पतालको आवश्यकता भइहरेको छ । ०.५ प्रतिशत भन्दा कम संक्रमितहरुलाई मात्र आईसीयूको आवश्यकता परेको छ । जसमध्ये ०.३ प्रतिशतको मृत्यु भइरहेको छ ।

कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका कारण स्पेनमा कोरोनाको दोस्रो लहर लाउन लागेको बताइएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८ हजार ८१३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । त्यस्तै, संक्रमितहरुको संख्या ४४ हजार ५९६ पुगेको छ ।