May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उदयपुरका त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गतेसम्म निषेधाज्ञा

उदयपुरका त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गतेसम्म निषेधाज्ञा

भदौ ५ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई थप पाँच दिन कायम राख्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

Advertisement

गत साउन २९ गते राति १२ बजेबाट सुरु भएको निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय भएको थियो । तोकिएको समय सीमा सकिनै लाग्दा समुदायस्तरमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै समितिले पाँच दिन थप गर्न सिफारिस गरेका थियो ।

बैठकले निषेधाज्ञामा यसअघि अबलम्वन गरिएका नियमहरु पूर्ण रुपमा पालन हुने गरी निर्णय भएको प्रजिअ पाण्डेले बताए । यसअघि बिहान ९ देखि १२ बजेसम्मका लागि खाद्यान्नका पसल खोल्ने र बाँकी सबै ठप्प राख्ने निर्णय भएको थियो ।

निषेधाज्ञामा भने सरकारले सूचिकृत गरेको अत्यावश्यक सेवा मेडिकल, पानी, दूधका पसल र सवारी भने निरन्तर रहने प्रजीअ पाण्डेले बताए ।

जिल्लामा १ सय ११ जनामा कोरोना पुष्टि भइसकेको र यो संख्या अझै बढ्न सक्ने अवस्था देखिएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पाण्डेको भनाइ छ ।