April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना महामारीबारे युरोप जनसम्पर्क समिति र कांग्रेस केन्द्रिय नेताहरुबीच छलफल

कोरोना महामारीबारे युरोप जनसम्पर्क समिति र कांग्रेस केन्द्रिय नेताहरुबीच छलफल

लन्डन – नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुसंगको जुम बैठकमा कांग्रेसका केन्द्रिय नेताहरुले सरकारले प्रभावकारी कदम चाल्न नसक्दा महामारीले भायावह रुप लिनसक्ने बताएका हुन् ।

Advertisement

जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरूङले संयोजन गरेको बैठकमा कोविड–१९ अनुगमन समिति संयोजक तथा कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत, पूर्वमन्त्री तथा कांग्रेस केन्द्रिय समिति सदस्य एनपी साउद, केन्द्रिय सदस्य गोविन्द भट्टराई, केन्द्रिय सदस्य चन्द्र भण्डारीलगायतले नेपाल सरकारले कोरोना नियन्त्रणमा पारदर्शि र निक्ष्पक्ष रुपमा कामहरु गर्नुपर्ने औंल्याएका हुन् ।

कार्यक्रमको प्राविधिक पक्षको जिम्मेवारी सम्हालेका जन सम्पर्क समिति यूकेका सहमहामन्त्री इन्द्रहाङ् लिङ्देनका अनुसार केन्द्रिय नेताहरु र यूरोप समितिका पदाधिकारी तथा सदस्यहरुबीच अनुभव आदनप्रदान भएको हो ।

बैठकमा यूरोप जन सम्पर्क समितिको आवाज कांग्रेस केन्द्रीय समितिसम्म पुग्ने विश्वास लिइएको सहमहामन्त्री लिङ्देनले जानकारी दिए ।