April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी

भाद्र ७, काठमाडाैं । काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ ।

उक्त भ्याक्सिनले स्वीकृति पाएको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्याक्सिन तयार गरेको बताएका थिए । तर पनि त्यसका साइड इफेक्ट देखिएकाे र अन्य देशले विश्वास गरिनसकेकाे अवस्था छ । अहिले रुसले अर्को अझ सफल कोरोना भ्याक्सिन तयार पारेकाे जनकारी दिएकाे छ, जसमा कुनै साइड इफेक्ट नभएकाे बताइन्छ ।

Advertisement

डेलीमेलका अनुसार रुसकाे पहिलो भ्याक्सिनमा जुन साइड इफेक्ट देखिएका थिए, ती साइड इफेक्ट दोस्रो भ्याक्सिनमा देखिएकाे छैन । रूसकाे याे दाेस्राे भ्याक्सिनको नाम ‘इपिभ्याककोरोना’ राखिएको छ । यसको विकास साइबेरियाको वर्ल्ड क्लास भाइरोलोजी इन्स्टिच्युट भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरिएको हो ।

रिपाेर्टका अनुसार याे नयाँ भ्याक्सिन मानिसमा २ डोज दिइनेछ, जुन पहिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइनेछ । यसै सालकाे अक्टोबरसम्म यो भ्याक्सिनले पनि स्वीकृति पाउने रूसी अधिकारीहरूकाे दाबी छ ।