May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

रौतहटस्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता

भाद्र ७, रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् । गढीमाई-७ धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिताकुमारी दास र १० वर्षीया चन्चलकुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ ।

बालिकाहरुको खोजीका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । नदीमा नुहाउन गाउँका अन्य बालबालिका पनि गएको र त्यस क्रममा ३ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए ।

Advertisement

उनीहरुको व्यापक खोजी भएपनि अहिलेसम्म फेला परेका छैनन् । नदीमा पानीको बहाब धेरै भएकाले उनीहरुलाई बगाएको हुन सक्‍ने शंका प्रहरीले गरेको छ ।