May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राजकुमार चेपाङको मृत्यु प्रकरण : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

राजकुमार चेपाङको मृत्यु प्रकरण : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

भाद्र ७, चितवन । मानव अधिकार तथा शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालाहरुसगँ भेट गरी अध्ययन अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै शान्ति समाजले गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका चेपाङ्गलाई सेनाले चरम, बर्वर यातना दिएपछि भएको मृत्यु प्रकरणबारे साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछिको प्रतिवेदन सार्वजनिक गरेको हो ।

Advertisement

शान्ति समाजले उक्त घटना राष्ट्रिय, अन्र्तराष्ट्रिय कानूनको उल्लंघन र मानव गरिमाविरुद्ध घात र अपराध भएको ठहर गरेको छ । त्यस्तै, उक्त घटनामा संलग्न सैनिक जवानलाई कानून बमोजिम कारवाही गर्दै सार्वजनिक मागसमेत गरेको छ ।

नेपाली सेना यातनाविरुद्धको अन्तर्राष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहेको सबैमाझ विश्वस्त पार्नका लागि पनि शान्ति समाजले माग गरेको छ ।

यसका साथै, राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपूर्ति र यातना पीडितहरुको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनुका लागि पनि शान्ति समाजले माग गरेको छ ।

शान्ति समाजको अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरु, स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसँग छलफल गरेको थियो ।

शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको थियो ।