May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनालाई चुनौती दिँदै कालिमाटी तरकारी बजार

कोरोनालाई चुनौती दिँदै कालिमाटी तरकारी बजार

भाद्र ८, काठमाडाैं । नेपालमा पछिल्लाे समय काेराेना भाइरस (काेभिड १९) काे संक्रमण खतरनाक बन्दै गए पनि मानिसहरूमा भने संक्रमणकाे डर लगभग भागिसकेकाे देखिन्छ । ४ महिने लकडाउनपछि साउनमा १ महिला खुकुलाे भएकाे थियाे । त्यस अवधिमा मानिसहरूले बेपर्वाह गरेपछि पुनः संक्रमण घातक बनेर देखा परेकाे छ ।

काठमाडाैँ उपत्यकाजस्ताे घना जनसंख्या भएकाे शहरमै संक्रमण व्यापक बढ्न थालेपछि तीनै जिल्लामा यतिखेर निषेधाज्ञा जारी गरिएकाे छ । संक्रमण फैलन नदिन भनेर निषेधाज्ञा जारी गरे पनि तरकारी, फलफूल, दूध, किरानालगायत अत्यावश्यक सामानका पसल खुलै रहन्छन् । सरकारले पछिल्लाे समय निषेधाज्ञाका बीच तरकारी लगायात अत्यावश्यकीय खाद्य वस्तुका बजार तथा पसल राति १२ बजेदेखि बिहान ९ बजेसम्म खाेल्न पाउने अनुमति दिएकाे छ ।

Advertisement

तर व्यवस्थित नहुँदा तरकारीका ठूला हाेलसेल तथा खुद्रा बजारमा भीड उस्तै देखिन्छ । कालिमाटी तरकारी तथा फलफूल बजार उपत्यकाकै ठूलाेमध्येकाे मानिन्छ । सदाझै मानिसहरूकाे ठेलमठेल भीड कायमै देखिन्थ्याे ।

कालिमाटीमा तरकारी किनबेच गर्नेहरूकाे घुइँचाे हेर्दा लाग्थ्याे- के यहाँ काेराेना संक्रमणकाे जाेखिम नै छैन र ? मानिसहरूकाे यस्ताे अव्यवस्थित भीडले काेराेना जाेखिम कसरी कम गर्ला, अनि निषेधाज्ञा मात्रले के थेग्ला र ? सरकारले यस्ता भीड हुने क्षेत्र व्यवस्थित गर्न नसक्दा जाेखिम त्यही बजारबाटै बढ्ने र तरकारीसँगै मानिसहरूकाे भान्छा-भान्छासम्म काेराेना भाइरस समेत पुग्ने देखिन्छ ।