May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

दोहा – कोरोना भाइरसको महामारीले समस्यामा परेका विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन मलेसियाबाट ५ उडान तय भएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार अगष्ट २८ र ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान गर्ने सुनिश्चित भएको छ ।

Advertisement

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अगष्ट २८ मा गर्ने उडानको तालिका सार्वजनिक पनि सार्वजनिक भएको छ ।

यस्तै अगष्ट ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान भर्ने दूतावासले जनाएको छ । अगष्ट १९, २० र २१ तारिखको लागि टिकट काटिसकेका यात्रुहरुले ट्राभल्स एजेन्सीसंग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ भएका व्यक्तिहरुले मात्र यात्रा गर्न पाउने भएकाले नेपाल पुग्दा ७ दिन भित्रको हुनुपर्ने गरी पीसीआर गर्न दूतावासले सूचित गरेको छ ।