April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

चितवन – भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्। 

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो। केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

Advertisement

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।  अहिले अस्पतालको आइसोलेसनमा ६८ संक्रमितको उपचार भइरहेको छ।