May 1, 2024, Wednesday
२०८१ बैशाख १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुन्दा कस्लाई पो अचम्म नलाग्ला र ? लाशलाई सजाएर तामझामका साथ विवाह

सुन्दा कस्लाई पो अचम्म नलाग्ला र ? लाशलाई सजाएर तामझामका साथ विवाह

एजेन्सी –  चीनमा एक यस्तो स्थान छ, जहाँ मृत युवतीसँग युवाहरु विवाह गर्छन् । लाशलाई सजाएर तामझामका साथमा विवाहको पूरा प्रक्रिया पूरा गरिन्छ । 

चीनको एक गाउँमा विगत ३ हजार वर्षदेखि विवाहको यस्तो परम्परा चल्दै आएको छ । यहाँ भूतसँग विवाहको प्रचलन छ । जहाँ कहिले अविवाहित त कहिले मृत युवकको विवाह मृत महिलासँग गरिदिने चलन छ । जसका लागि केटापक्ष उल्लेख्य रकम तिर्नका लागि पनि तयार हुन्छन् ।

Advertisement

यहाँ केही मानिसहरु महिलाको लाश चोरेर केटाको परिवारलाई बेचेर पैसा कमाउने गर्छन् । 

यस्तै परम्पराको कारण सन् २०१७ मा चीनको मध्य हेनानमा एक युवती झण्डै मृत्युको मुखमा परेकी थिइन् । उनलाई निद्राको औषधि खुवाएर मार्ने प्रयास गरिएको थियो ।

 उनको लाश बेचेर पैसा कमाउने उनीहरुको योजना थियो । त्यसैगरी सन् २०१६ मा उत्तर पूर्वी चीनमा दुई युवतीको हत्या गरेको मामिला पनि सार्वजनिक भएको थियो । 

अनुसन्धानमा उनीहरुको लाश बेच्न हत्या गरिएको खुलेको थियो । 

एक चिनियाँ सञ्चारमाध्यमका अनुसार यसको कारण यदि कुनै केटालाई मृत्युपछिसँगै अर्को विवाहित महिलाको चिहान बनाइएको खण्डमा अर्को जन्ममा उसलाई कुमार मर्नुपर्दैन भन्ने मान्यता छ ।