May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी

कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताएका छन्। देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको बताएका हुन्।

मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायु सेवा सञ्चालकहरुसँग केही हिमाली र पहाडी जिल्लाहरुबाट आन्तरिक उडान सुचारु गर्ने विषयमा कुरा भइरहेको बताए।

Advertisement

‘देशका विभिन्न ठाउँहरुमा निषेधाज्ञाको अवस्था भएकाले तत्काल चल्ने अवस्था छैन। तर मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाबाट सञ्चालन गर्न सकिन्छ भनेर कुरा गरिरहेको छ। वायुसेवा सञ्चालकहरुसँग कुरा गरेर निष्कर्षमा पुग्छौँ। मन्त्रिपरिषदमा प्रस्ताव लगेर छिट्टै उडान सुरु गर्ने तिर जान्छौँ,’ उनले भने।

दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने उनको संकेत थियो। चाडबाडको बेला नागरिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुने कुरामा सरकारले सकारात्मक भएर सोच्ने उनले बताए।