May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सीपीएल: सन्दीपको शानदार बलिङ

सीपीएल: सन्दीपको शानदार बलिङ

काठमाडौं – क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ ।

नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो ।

Advertisement

जारी सीपीएल अन्तर्गत सन्दीपले हालसम्म शानदार प्रदर्शन जारी राखेका छन् । उनी आवद्ध जमैका ४ खेलमध्ये २ खेलमा पराजति भए पनि सन्दीपको प्रदर्शन भने प्रशंसनीय रहेको छ ।

आजको खेलमा उनले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । उनले पहिलो पटक कुनै पनि बाउन्ड्रि खाएनन् ।

यसअघिका तीन खेलमा सन्दीपले पहिलो खेलमा एक विकेट लिएका थिए भने दोस्रो खेलमा पनि एक विकेट हात पारेका थिए ।

यस्तै तेस्रो खेलमा उनले २ विकेट लिएका थिए । उनले यो सिजन जारी रहँदा अहिलेसम्म चार खेलमा ७२ रन खर्चिएर पाँच विकेट लिन सफल भएका छन् ।