May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रासायनिक मलमा कालोबजारी

रासायनिक मलमा कालोबजारी

भाद्र १०, रामेछाप । रासायनिक मल कालोबजारी हुँदै गरेको अवस्थामा प्रहरीले रामेछापको चनखुबाट मंगलबार राति एउटा मालवाहक गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिबोरा २ हजार ३ सयमा युरिया मल बिक्री गरेको अवस्थामा बा२०च ३९९२ नम्बरको पिकअप जिप नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बिक्री गरेर बाँकी रहेको १७ बोरा मलसमेत बरामद गरेको छ । जिपका चालक भने फरार भएको प्रहरीले जनाएको छ । रासायनिक मल ढुवानीसहित प्रतिबोरा १ हजार रुपैयाँ पर्छ ।

Advertisement

अभावको बेलामा अवैध रूपमा आयात गरिएको मल कालोबजारी हुने गरेको छ । केही दिनअघि मन्थलीका व्यवसायी पदमबहादुर लामाले प्रतिबोरा १ हजार ८ सय रुपैयाँमा रासायनिक मल बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरी कालोबजारीअन्तर्गत मुद्दा चलाएको थियो ।स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले समयमै व्यवस्था नगर्दा किसानले धानमा हाल्नका लागि युरिया मल पाएका छैनन् ।