May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अझैँ पनि सरकार दिशाविहीन र योजनाविहीन रहेकाे कांग्रेस कोभिड-१९ अनुगमन समितिको निष्कर्ष

अझैँ पनि सरकार दिशाविहीन र योजनाविहीन रहेकाे कांग्रेस कोभिड-१९ अनुगमन समितिको निष्कर्ष

भाद्र १०, काठमाडाैं । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले अहिलेसम्म पनि सरकार दिशाविहीन र योजनाविहीन रहेको निष्कर्ष निकालेको छ ।

साथै, समितिले कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न आग्रह गरेको छ ।

Advertisement

समितिले बुधबार प्रेस नोट जारी गर्दै कोरोना संक्रमण फैलिदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखेर हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएको कारण तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्न माग गरेको छ ।

त्यस्तै, अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टिलेटरको तत्काल व्यवस्था गर्न, स्वास्थ्यकर्मीहरुको बीमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गर्न पनि माग गरेको छ ।

यसका साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि हुने गरेको दूर्व्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गर्न र संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्दार तथा उपचारको व्यवस्था सरकारले गर्नुपर्ने माग पनि गरेको छ ।

स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गर्न, विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमार्फत् स्वदेश फिर्ता ल्याउने व्यवस्था गर्नसमेत माग गरेको छ ।

त्यस्तै देशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । त्यस्तै, समितिले शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर भए पनि सञ्चालन गर्न माग गरेको छ ।

नेपाली कांग्रेसले कोरोना संक्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नु पर्ने कदमहरुका बारेमा निरन्तर खबरदारी गर्दै आएको जनाएको छ ।