May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

भाद्र १०, बुटवल । प्रदेश ५ मा ४ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै बसेका छन् । लक्षण नदेखिएका संक्रमितलाई घरमै व्यवस्थापन गर्ने भन्दै उनीहरु घरमै बसेका हुन् । कतिपय पालिकाले आइसोलेसन व्यवस्था गर्न नसकेका कारण संक्रमित घरमै बस्‍न बाध्य छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै रुपन्देहीमा कोरोना संक्रमित घरमा छन् । बुधबार दिउँसोसम्म यहाँका २ सय ६ जना संक्रमित घरको आइसोलेसनमा छन् । कपिलवस्तुका १ सय ४४ जना पनि आफ्नै घरमा छन् । नवलपरासी पश्चिमका ४७, प्युठान र पाल्पाका ४/४ र दाङका २ जना संक्रमित आफ्नै घरमा उपचाररत छन् ।

Advertisement

घरमा रहेका संक्रमितलाई पालिकास्तरमा रहेका स्वास्थयकर्मीले फोनमार्फत निगरानी गर्ने मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । ‘उनीहरुले दैनिक ज्वरो र स्वास्थ्य अवस्थाबारे आफ्नो स्थानीय तहका स्वास्थ्यकर्मीलाई जानकारी दिन्छन्,’ उनले भने, ‘स्वाश्प्रश्वासमा समस्या हुने वा अन्य जटिलता आए तत्काल खबर गर्नसक्छन् ।’

प्रदेश ५ मा बुधबार दिउँसोसम्म एक हजार एक सय ३९ जना संक्रमित उपचारत छन् । संक्रमितको उपचारका लागि प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । तिनमा एक सय ४ जनाको उपचार भइरहेको छ । प्रदेशमा आइसोलेसन केन्द्र १ सय ३७ छन् । अन्य संक्रमित आइसोलेसन केन्द्रमा छन् ।