April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सरकारले भन्याे लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि विना परीक्षण डिस्चार्ज गर्नु

भाद्र १०, सरकारले देशभरिका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न निर्देशन दिएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सबै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिनुभएको हो ।

लक्षणबिहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिन पछि पुन परीक्षण गरी डिस्चार्ज गर्न गर्नुपर्ने उहाको भनाई छ । कोरोना संक्रमण भएको १० दिनपछि कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा तत्काल डिस्चार्ज गर्ने र पोजेटिभ आए थप चार दिन अस्पतालमा राखेर परीक्षण नगरी डिष्चार्ज गर्नुपर्ने उहाले बताउनुभयो ।

Advertisement

यस्तै, १४ दिन भन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नब्यहार्ने समेत मन्त्रालयले जनाएको छ ।