April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

भाद्र ११, काठमाडाैं । अमेरिकाका शिर्ष भाइरसविद् डाक्टर एन्थोनी फाउचीले सुरक्षित र प्रभावकारी भएको प्रमाणित नगरि हतारिरएर खोप निकाल्ने विरुद्ध चेतावनी दिएका छन् । सामाचार एजेन्सी रोयटर्ससँग बोल्दै उनले यसो गर्नाले अन्य खोप निर्माणका कामहरुमा पनि नकारात्मक असर पर्ने बताएका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले खोप पूर्ण रुपमा परीक्षण नहुँदै सार्वजानिक गर्ने योजनाबारे विचार भइरहेको बताएका थिए । त्यसो गर्नाले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उनलाई राजनीतिक फाइदा पुग्ने बताइएको छ । जसकै कारण यतिखेर डेमोक्रेट्स पार्टीका सदस्यहरुले ट्रम्पलाई चुनावमा जित हासिल गर्न अमेरिकी नागरिकहरको जीवन खतरामा पार्ने प्रयास गरेको आरोप लगाइरहेका छन् ।

Advertisement

शनिबार ट्रम्पले यस सम्बन्धी ट्वीट गर्दै अमेरिकाको खाद्य तथा औषधि विभाग, एफडिएले कम्पनीहरुलाई खोप परीक्षणका लागि मानिसहरु सहभागी गराउन कठिन बनाइरहेको बताएका थिए । त्यसबीच फाइनान्सियल टाइम्सले ट्रम्प प्रशासनले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिनेबारे योजना बनाइरहेको खबर रिपोर्ट गरेको थियो ।

सो खोप ट्रायलमा १० हजार मानिस सहभागी भएका छन् तर अमेरिकी एजेन्सीले खोपलाई ३० हजार मानिसमा परीक्षण गराएपछि मात्र आधिकारिक मान्यता दिइने बताउँदै आएको छ ।

कोभिड महामारीबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित मुलुक बनेको छ जहाँ संक्रमित र मृतकको सङ्ख्या विश्वकै उच्च छ । तर जतिसुकै हतार भए पनि औषधिजस्तो कुरामा वैज्ञानिक प्रक्रिया नपुर्याइ खोप निकालेमा यसले अकल्पनीय क्षति पुरयाउन सक्ने डाक्टर फाउचीले बताएका हुन् । यसमा आवश्यक परीक्षण नगरि खोप सार्वजानिक गर्दा अन्य कम्पनीहरुका लागि मान्छेलाई ट्रायलमा सहभागी गराउन अधिक कठिन हुनेछ जसले खोप उत्पादनमा ठूलो असर पुर्याउने उनले बताए ।