April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको  चीनको आरोप

अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको चीनको आरोप

भाद्र ११, एजेन्सी । चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ। अमेरिकाका लकहिड यू–२ तथा आरसी–१३५सी जासुसी विमानहरु नो–फ्लाई जोनमा घुसेको भन्दै चीनले अमेरिकी कार्यको चर्को आलोचना गरेको छ।

यो भनाइसँगै २ देशबीच फेरि टकराव बढेको छ। ती २ जासुसी विमानले आफ्नो सैन्य अभ्यासको गोप्य रूपमा रेकर्ड गरेको चीनको आशंका रहेको छ ।
घटना उत्तरी चीनको सिमानामा भएको भने पनि चीनले त्यसको आधिकारिक रूपमा स्थानको भने पुष्टि भने गरेको छैन। तर, अमेरिकाले आफ्ना विमानले नियम उल्लंघन नगरेको दाबी गरेको छ।

Advertisement

चीनका सरकारी सञ्चारमाध्यामले अमेरिकी सेनाको यो गतिविधिले सैन्य झडपको खतरा बढेको बताएका छन् । बेइजिङस्थित थिंक ट्यांक संस्था साउथ चाइना सी प्रोबिङ इनिसियटिभले चिनियाँ सैन्य अभ्यास भइरहँदा अमेरिकी जासुसी विमान बुधबार दक्षिण चीन सागर क्षेत्रमा उडेको बताएको छ।