May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जमैका तलावाज बार्बाडोससँग पराजित

जमैका तलावाज बार्बाडोससँग पराजित

भाद्र ११, एजेन्सी । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोससँग पराजित भएको छ । बिहीबार बिहान भएको प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोस ट्राइडेन्टससँग ३६ रनले पराजित भएको हो ।

जमैकाको यो तेस्रो हार हो । नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले जित हासिल गर्न सकेन । जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो ।

Advertisement

सिपिएलमा सानदार प्रदर्शन गर्दै आएका सन्दीपले बार्बाडोसँगकाे खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले ४ ओभरमा १६ रन मात्र दिँदै २ विकेट लिए । सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए ।

जमैकाको लागि क्रुमा बोनरले ३१ रन, जर्मेन ब्लाकवुडले २८ रन जोडेका थिए । बोनरले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने जर्मेन ब्लाकवुडले २८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।

अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । चाडविक वाल्टन १० रन, आसिफ अली २ रन, मुजिब १८ रन,  सन्दीप ४ रन र एडवार्ड्स २ रनमा नटआउट भए । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनर, जेसन होल्डर र रेमन राइफरले  २/२ तथा हेडन वाल्सले १ विकेट लिए ।

बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरेका थिए  । कप्तान होल्डरले १४ बलमा १५ रन, मिचेल सान्टनर २० रन, मुजिब उर् रहमानले १४ रन  जाेडेका थिए ।