April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

निषेधाज्ञामा समस्यामा नपरून् भन्दै भैरवामा फुड बैंक शुरु

भाद्र ११, भैरवा । निषेधाज्ञाको कारण कसैको पनि चुलो ननिभोस् भन्ने उद्देश्यका साथ भैरवामा फुड बैंकको बुधबारदेखि शुरु गरेको छ ।

फुड बैंकमा चामल, दाल, नुन, तेल, मसयौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकता अनुसार निषेधाज्ञा अवधिभर वितरण गर्ने मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवा लुम्बिनी का संस्थापक अध्यक्ष रवि कुमार रौनियारले बताए ।

Advertisement

यस कार्यक्रमको लागि निरन्तरता दिन बिभिन्न ब्यापारीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छ्न। कार्यक्रमा सिद्धार्थनगर उद्योग बाणिज्य संघ का अध्यक्ष श्री कुल प्रसाद न्योपाने लगायतको सहभागि रहेको थियो।

सहयोग गरिएको खाद्यान्न दैनिक छाक टार्न समस्य परेका परिवारहरुलाई वितरण गरिने र यस कार्यक्रम लाई एउटा नारा “हुनेले दिएर जाउ-नहुनेले लिएर जाउ” भनेको छ ।

समग्र विश्व नै कोभिड-१९ को कारण आक्रान्त बनिरहेको बेला गरिब तथा ज्यालादारी गरेर छाक टार्नेहरुलाई लकडाउनको समयमा सहयोग गर्न पाउदा निकै खुसी लागेको आम नागरिकहरु ले बताए।

कोरोना भाइरसका कारण लम्बिरहेको लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरी छाक टार्न समस्य परेका विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले फुड बैंक संचालनमा ल्याएको हो ।