May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा उपचारका क्रममा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं-पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा एक जना संक्रमितको मृत्यु भएको हो।

प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका-११ निवासी  ३२ वर्षीया महिलाको आज बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

उनलाई ७ गते अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।