May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मोबाइलमा गीत सुनेको भेटिए १ हजार जरिवाना !

मोबाइलमा गीत सुनेको भेटिए १ हजार जरिवाना !

एजेन्सी–कुनै मानिस चिठ्ठाको टिकट या रक्सी बेच्दै गरेको अवस्थामा पक्राउ पर्छ भने ७ हजार जरिवाना हुनेछ। यी चिज किन्नेलाई २ हजार जरिवाना। पसलमा टेलिभिजन बजाउने र हेर्नेलाई १ हजार जरिवाना। क्यारेमबोर्ड खेल्ने र मोबाइलमा गीत सुनेको भेटिए १ हजार रुपियाँ जरिवाना तिर्नुपर्नेछ। 

यो हो भारत पश्चिम बंगालको एउटा गाउँ। यहाँ समाज सुधार गर्न भनेर खाेलिएकाे संगठन ‘समाज संस्कार’ ले यस्तो आदेश जारी गरेको हो। यो संगठनमा सत्तारुढ तृणमूल कांग्रेसका केही नेता पनि सामेल छन्। तर उक्त पार्टीले यो निजी विषय भएको बताएर पन्छिएको छ। 

Advertisement

 झारखण्डको सीमासँग जोडिएको रघुनाथगन्ज सब डिभिजनको अद्वैतनगर र त्यससँग जोडिएका २ गाउँमा यस्तो आदेश जारी गरिएको हो।

यहाँ प्रहरी प्रशासनको उपस्थिति छैन र यहाँका बासिन्दाहरु भत्किएको पुल पार गरेर यसबारे उजुरी दिने जोखिम उठाउन पनि चाहँदैनन्। प्रहरीले भने उजुरी प्राप्त भएपछि कारबाही अगाडि बढाउने जनाएको छ। 

समाज संस्कारले जारी गरेको प्रतिबन्धअनुसार चिठ्ठा र रक्सीको खरिद–बिक्रीका अलावा, चिया पसलमा टिभी चलाउन, मोबाइल र कम्प्युटरमा गीत सुन्न, लागुपदार्थ सेवन गर्न र सार्वजनिक स्थानमा क्यारेमबोर्ड र जुवा खेल्न पाइनेछैन।