April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुपाल्चाेकका ६२ घर पहिरोले  जोखिममा

सिन्धुपाल्चाेकका ६२ घर पहिरोले जोखिममा

सिन्धुपाल्चाेक-सिन्धुपाल्चाेककाे सुनकोसी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्। सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका घरहरु थप पहिरोको जोखिममा परेका हुन्। सुन्दरडाँडा बस्ती पहिरोभन्दा माथि परेकाे छ।

झण्डै २ सय मिटर लामो पहिरो अझै निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए। पहिरोमुनि धुसेनी गाउँ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा छन्।

Advertisement

बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थनीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ। अध्यक्ष थापाका अनुसार अहिले पनि पहिरो गएको स्थान छेउछाउ हिँड्दा खुट्टा भास्सिने गरेकाे छ ।