May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

८४ केजी गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

भाद्र ११, उदयपुर । उदयपुर प्रहरीको विशेष टोलीले उदयपुरको उदयपुरगढी गाउँपालिका–७ बाट ८४ केजी प्रतिबन्धित गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त विशेष टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए ।

Advertisement

उदयपुर ताप्ली गाउँपालिका–१ ओख्लेका पुष्पबहादुर मगर र ताप्ली गाउँपालिका–३ इनामेका राम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा परेका मगर र तामाङसहित बरामद गरिएको गाँजालाई विहीबार जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

प्रहरीले उदयपुरमा लागूऔषध दू्र्व्यसनी, ओसारपसार मुख्य समस्याको रुपमा रहेकाले यसलाई नियन्त्रण गर्नका लागि विशेष अभियानका साथ काम गरिरहेको प्रहरी उपरीक्षक दाहालले जानकारी दिए ।

उनीहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिको खोजी कार्य भइरहेको शसस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदीले जानकारी दिए ।