May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ बढी

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ बढी

भाद्र १२, कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । शुक्रबार याे समाचार तयार पार्दा सम्म भारतमा   कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१ हजार नाघेको छ। बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा भारतमा ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित भेटिएका छन्। यससँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ। जसमध्ये हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन्।

Advertisement

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन्  ।  ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ। तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेकाे वर्ल्डोमिटर्सले जनाएको छ ।